सुनसरी, चैत २२ – इटहरी उप-महानगरपालिका-४ बस्ने ४० वर्षकी बिन्दा चौधरीले श्रीमान ३० वर्षका उत्तम पराजुलीलाई चिरपटले हान्दा उत्तमको ज्यान गएको छ ।

प्रहरीका अनुसार सोमबार बिहानै श्रीमान-श्रीमती दुवैले रक्सी खाएका थिए । रक्सी खाएर झगडा हँुदा श्रीमान्लाई सोमबार श्रीमतीले चिरपटले टाउकोमा प्रहार गर्दा श्रीमानको ज्यान गएको हो । चिरपटले हानेर घाइते भएका उत्तमको उपचारको क्रममा बिराटनगर स्थित नोबेल अस्पताल लैजाने क्रममा पराजुलीको  ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

रक्सी खाएपछि विवाद हुँदा श्रीमतीले चिरपटले हानेको प्रहरीले जनाएको छ । ईटहरी-५ रिजालटांसी घर भएका ३० वर्षका उत्तमले पहिलो श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि बिन्दा चौधरीलाई श्रीमती बनाएका थिए ।  बिहे गरेपछि उत्तमले बिन्दालाई ईटहरी-४ मा रहेको भुवनाबी दुलालको घरमा भाडामा राख्दै आएका थिए । बिन्दापनि १० वर्षदेखि आफ्नो पहिलो श्रीमानसँग अलग बस्दै आउनु भएको थियो ।  बिन्दाले गएको कात्तिक महिनामा उत्तमसँग बिवाह गरेको प्रहरीले जनाएको छ । बिवाह गरेपछि पनि उनीहरुको दैनिक झगडा हुने गरेको छिमेकीले बताएका छन् ।

LEAVE A REPLY