धनकुटा, वैशाख २ – शनिबार दिउँसो परेको चट्याङ लागेर धनकुटामा दुई जनाको ज्यान गएको छ । हावाहुरीसँगै परेको चट्याङ लागेर खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिका १ हागुवाकी ३५ वर्षकी छत्रकुमारी राई र साँगुरीगढी गाउँपालिका–१० ताम्राङकी २४ वर्षकी कृष्ण राईको ज्यान गएको प्रहरीले बताएको छ ।
चट्याङ पर्दा साँगुरीगढी गाउँपालिकाकी कृष्ण राई मोवाइलमा कुरा गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् । त्यस्तै खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिकाकी छत्रकुमारी राईको साथमा समेत मोवाइल नै रहेको प्रहरीले बताएको छ ।

यसैबिच चट्याङ लागेर इलाम देउमाई नगरपालिका २ बागसिलाका २२ वर्षका सञ्जिव राईको ज्यान गएको छ । तीनजना घाइते भएका छन् ।
मृतकका दाजु आशबहादुरा राई, छिमेकीहरु खबिन राई र अशोक राई सामान्य घाइते भएका छन् ।
शनिबार दिउँसो घरको सिकुवामा बसिरहेको अवस्थामा राईलाई चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY