काठमाडौं, कात्तिक २९ l वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्गबहादुर केसीलाई अख्तियार तथा प्रहरीको टोलीले पक्राउ गरेको छ ।

उनीहरुलाई बानेश्वरमा हरेको इन्द्रेणी फूडल्याण्डबाट १० लाख रुपैयाँ घुस लिँदै गर्दा मंगलबार पक्राउ गरिएको हो । रोक्का गरिएकाे काराेबार फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

LEAVE A REPLY