पोखरा,२४ चैत्र । गुरुङ जातिको साहित्य र इतिहासलाई संवृद्ध बनाउने उद्देश्यले पोखरामा भएको युवाहरुको एक भेलाले “गुरुङ साहित्यक मञ्च नेपाल” गठन गरेको छ । कवि एवं लेखक गौरी गुरुङको अध्यक्षतामा गठन भएको सो मञ्चको उपाध्यक्षमा युवा कथाकार रोशन गुरुङ, सचिवमा तमु संसार त्रैमासिकका सम्पादक रोशनी गुरुङ, सह–सचिवमा गीतकार शिव गुरुङ, कोषाध्यक्षमा गुरुङ चलचित्रका निर्देशक जसु गुरुङ, सह–कोषाध्यक्ष कलाकार अदृश गुरुङ रहनु भएको छ । बाँकी सदस्यपछि थप गर्दै जाने मञ्चका अध्यक्ष गौरी गुरुङले जानकारी दिनुभएको छ ।
गुरुङ समुदायका युवायुवतीलाई गुरुङ साहित्य र नेपाली साहित्यमा लाग्न प्रेरणा दिने, गुरुङ साहित्यकार र लेखकद्वारा लेखिएका कृतिहरुमाथि नियमित श्रृङखलामा बहस र छलफल चलाउने तथा स्वदेश तथा विदेशमा रहेका लेखक, साहित्यकारहरुलाई क्रमशः उक्त मञ्चमा उभ्याउने उद्देश्यले मञ्चको गठन गरिएको अध्यक्ष गौरी गुरुङले जानकारी दिनुभएको छ ।
मञ्चले अब छिट्टै एक औपचारिक कार्यक्रमको आयोजना गरि आफनो वार्षिक कार्यक्रको घोषणा समेत गर्ने मञ्चका उपाध्यक्ष रोशन गुरुङले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY