पोखरा, ११ वैशाख l गुरुङ साहित्यिक मञ्च नेपालको आयोजनामा यहि वैशाख १५ गते स्रष्ट परिचय तथा भेटघाट कार्यक्रम आयोजना हुने भएको छ । पाँचथरको फिदिम निवासी उपन्यासकार गुरुङ रामप्रकाश “समथिङ”को सम्मानमा उक्त कार्यक्रम आयोजना गर्न लागेको मञ्चका अध्यक्ष गौरी गुरुङले जानकारी दिनुभएको छ । । “गुरुङ रामप्रकाश समथिङ”ले हालै मात्र २२ वटा उपन्यास लेखेर विमोचन गर्नुभएको छ ।
मञ्चको पोखरामा सम्पन्न बैठकले वैशाख १५ गते दिउँसो १ बजे लेकाली चुल्होघर अमरसिंहचोकमा सो कार्यक्रम गर्ने निर्णय गरेको हो । गुरुङ समुदायमा जन्मेर साहित्यको विभिन्न क्षेत्रमा कमल चलाउदै आईरहेका स्रष्टाहरु माझ समय समयमा भेटघाट तथा कृतिको बारेमा चर्चा परिचर्चा एवं समिक्षा कार्यक्रम गर्ने उद्देश्यले गठन भएको गुरुङ साहित्यिक मञ्च नेपाल गठन भए पश्चयात पहिलो पटक कार्यक्रम गर्न लागेको मञ्चका उपाध्यक्ष तथा कथाकार रोशन गुरुङले जानकारी दिनुभयो ।
साथै बैठकले कार्य समितिको सदस्यहरुको पदपूर्ति गरेको छ । जसमध्ये गीतकार प्रतिमा गुरुङ (पोखरा), गजलकार सञ्जिवनी गुरुङ (लमजुङ), गजलकार सजना गुरुङ (काठमाडौ), पत्रकार तथा लेखक तुलमान गुरुङ (चितवन) तथा सञ्चारकर्मी सम्राट गुरुङ (पोखरा)लाई कार्य समिति सदस्यमा नियुक्त गरेको छ । यस्तै बैठकले ५ सदस्यीय सल्लाहकार समितिको पनि मनोनय गरेको छ । जसमध्ये प्रमुख सल्लाहकारमा लेखक तथा संस्कृतिविद एकेन्द्र गुरुङ (यु.के.) रहनुभएको छ भने सल्लाहकारहरुमा उपन्यासकार रामप्रकाश गुरुङ “समथिङ” (पाँचथर), लेखक डि.बी. गुरुङ (बुटवल), लेखक तथा सञ्चारकर्मी शान्ति गुरुङ (पोखरा), तमु कवि केयरसिंह गुरुङ (लमजुङ)लाई चयन गरेको छ ।

LEAVE A REPLY