पोखरा, २७ चैत । गण्डकी अटो मेनकानिकल वक्र्स एशोसिएशन पोखराले नव वर्ष २०७४ को क्यालण्डेर विमोचन गरेको छ । क्यालेण्डरको विमोचन स्वास्थ्य सल्लाहकार डा.रविन्द्र कुमार श्रेष्ठ, कानुनी सल्लाहकार अधिवक्ता माधव बास्तोला, प्रेस सल्लाहकार पत्रकार कृष्ण थापाले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रममा संस्थाको विविध गतिविधिमा सहयोग गर्न गठित समितिका संयोजकहरु अब्दुल सेन हनन, एन बहादुर ऐर, मदन थापा, भिम पौडेल, एक बहादुर बानिया र केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीलाई सम्मान गरिएको थयिो ।
कार्यक्रममा स्वास्थ्य सल्लाहकार रविन्द्र श्रेष्ठले आम मेकानिक्स एक भई व्यवसाय प्रवद्र्धनमा लाग्नुपर्ने बताए । कानुनी सल्लाहकार माधव बास्तोलाले एशोसिएशनका सदस्यहरुलाई कानुनी साक्षरता तालिम दिनुपर्ने बताए । प्रेस सल्लाहकार कृष्ण थापाले एशोसिएशनले गर्ने हरेक कृयाकलापले आम समुदायलाई विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
२०४९ सालमा स्थापना भएको एशोसिएशनले आम मेकानिक्सको हकहित तथा विविध रचनात्मक कृयाकलाप, सरसफाई तथा अटोल्याण्ड निर्माणमा पहल हुँदा महानगरपालिकाले सहयोग नगर्ने अध्यक्ष सनत कुमार भट्टराईले बताए ।

LEAVE A REPLY