काठमाडौं, कात्तिक २१ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारहरुले घरदैलो अभियान थालेका छन् ।

घरदैलो अभियानकै क्रममा काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांगे्रसका उम्मेदवार गगन थापा, नरौत्तम बैद्य र साधुराम खड्काले बिहानैदेखि आफ्नो क्षेत्रअन्तर्गत मतदाताको घर–घर पुगेर मत मागिरहेका छन् । तीनैजना उम्मेदवार र नेता–कार्यकर्ता महानगरपालिकाको वडा नम्बर ७ बाट अभियानमा जुटेका हुन् । आफ्नो दैलोमा भोट माग्न आइपुगेका उम्मेदवारलाई वडावासीले फूलमाला र सगुन दिएर स्वागत गरेका थिए ।

स्थानीयले उम्मेदवारहरुलाई घरदैलो गर्दै मतदातासमक्ष पुग्न सुझाएका थिए भने उम्मेदवारले पनि अपूरा काम पूरा गर्न र नयाँ भूमिकाका बारेमा बताएका थिए । उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्रत्येक दिन घरदैलो अभियान कायमै राख्ने बताएका छन् ।

LEAVE A REPLY