इटहरी, असार ११ – सुनसरीको दुहबीस्थित बुढी खोलाले बगाएर दुई  जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा लौकही घर भई  दुहबी नगरपालिका–४ पिपलचोकमा दिदी भिनाजुको घरमा बस्ने १४ वर्षका आकाश कुमार साह र इटहरी–१४ खनार घर भई हाल दुहबी नगरपलिका–४ मामली बस्ने १० वर्षका सजल चौधरी रहेका छन् ।

शनिबार बेलुकाबाट हराएका बालकहरुको खोजी गर्ने क्रममा आइतबार बिहान ६ बजे दुहबी ४ स्थित बुढी खोलाको किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा उनीहरुको शव फेला परेको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहबीले आवश्यक कानूनी प्रक्रिया पुरा गरेको जनाएको छ । शव पोष्टमार्टमको लागि इनरुवा अस्पताल पठाइएको छ ।

LEAVE A REPLY