काठमाडौं, साउन २५ – गृहमन्त्री जनार्दश शर्माले रौतहटको गुरुडा–४ मा सडकको खाल्डो डुबेर चारजना बालिकाको ज्यान गएको घटनाबारे संसदलाई जानकारी गराउनुभएको छ ।

सडक निर्माणका क्रममा ठकेदारले माटो पुर्न खनेको खाल्डोमा जमेको पानीमा परेर बालिकाको ज्यान गएको शर्माको भनाई छ ।

उहाँले घटना दुखदायी भएकाले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो । घटनाको छानबिनका लागि तीन सदस्यी समिति बनाएको पनि उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY