पोखरा, असार १६  l अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराले सन् २०१७ जनवरी देखी जुन सम्मका मानबअधिकारको अवस्थाको बारेमा अन्र्तक्रिया कार्यक्रम असार १६ गते पोखरामा सम्पन्न गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका क्षेत्रीय संयोजक शिब खकुरेलले प्रस्तुत गरेको पश्चिमाञ्चलको मानबअधिकारको अवस्था बिषयक प्रस्तुत प्रतिबेदनमा राज्य पक्ष बाट पश्चिमाञ्चलका १६ जिल्लामा राज्यपक्षबाट ९७ जना मानबअधिकारको घटनामा पिडित भए भने गैर राज्य पक्ष बाट ८ सय ९३ जना पिडित भएको प्रतिबेदन प्रस्तुत गरेका थिए । सोहि प्रतिबेदन माथी छलफल गर्दे कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय मानब अधिकार आयोगकी क्षेत्रीय निर्देशक नितु गर्तौलाले आर्थीक,सामाजिक तथा सांस्कृतिक घटना नेपाल मानबअधिकार बर्षपुस्तक मा कम समेटीएकोले यस तर्फ इन्सेकले ध्यान दिन आवश्यक रहेको बताइन् । शिक्षाको अधिकारको बिषयमा छलफल गर्दै जन्म दर्ता नभएकै कारण बालबालीका बिद्यालय भर्ना हुन बाट बञ्चित हुन नहुने बताइन् । क्षेत्रीय प्रहरी कार्यलयका प्रहरी उपरिक्षक राम कृपाल शाहले अहिले प्रहरी संगठनमा सबै मानबअधिकार प्रति सचेत रहेको बताउदै बार्षिक रुपमा सबै प्रहरीलाई मानबअधिकार को बिषयमा तालीम दिने गरेको बताए । साथै मानबअधिकार को संरक्षणका लागी प्रहरी प्रशाशन सदैब लागीरहने बताए । महिला तथा बालबालीका कार्यलय कास्कीकी प्रमुख लक्ष्मी जिसी ले महिला र बालबालीका माथीको मानबअधिकार उल्लंघन हुदा सरकारले संरक्षण दिनुपर्नेमा हाल बिबिध कारणले तेसो हुन नसकिरहेको बताइन् । पोखरा–लेखनाथ महानगरपालीकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले इन्सेकले गर्ने काम निश्पक्ष रहेको बताउदै राजनितिक दलको घोषणपत्रमा मानबअधिकारका कुरा कम मात्रामा समेटिनु दुखको कुरा रहेको बताए । क्षेत्रीय अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख यदु प्रसाद पन्थीले कानुनले दिएको अधिकार जनताले प्रयोग गर्न पाउनुपर्ने बताउदै समाजमा मानबअधिकारको बिषयमा सचेतना फैलाउन आवश्यक रहेको बताए । स्थानीय शान्तिसमिति सचिवालय सदस्य खगराज आचार्यले राजनितिमा अपराधिकण र अपराधिकरणमा राजनिति भएकै कारण पिडितले न्यायको अनुभुति गर्न नसकेको बताए । स्वाबलम्बन जिबन पद्धति समाज नेपालका अध्यक्ष हितमान छन्त्यलले अपांगहरुको अधिकार स्थापित गर्नका लागी पनी इन्सेकले सहयोग गर्नुपर्ने बताए । प्रत्येक संघ संस्थामा एक एक जना अधिबतmा राख्न सकेमा पिडितहरुले सिधै कानुन जान्ने अवसर मिल्ने हुदा पिडितले छिटो न्याय को अनुभुति गर्न पाउने अधिबतmा भुवन पराजुलीले बताइन् । त्यस्तै कार्यक्रममा महिला मानबअधिकार रक्षक संञ्जालकी अध्यक्ष जानकी शर्मा , कोक्यपका संयोजक पुष्प कोइराला , मानबअधिकार का लागी महिला एकल महिलाकी अध्यक्ष बिष्णु श्रेष्ठ, जिल्ला प्रहरी कार्यलय महिला सेलका प्रमुख चन्द्रा गुरुङ, गैरसरकारी संस्था महासंघका अध्यक्ष पदम पहारी लगाएतले इन्सेकलाइ आफ्नो सुझाब दिएका थिए ।
त्यस्तै कार्यक्रमको संञ्चालन पश्चिमाञ्चल क्षेत्रीय कार्यलयकी कार्यक्रम संयोजक सबनम शर्माले गरेकी थिइन् ।

LEAVE A REPLY