पोखरा, २० चैत्र l नयाँ शक्ति नेपाल कास्कीले क्षेत्रिय निर्वाचन कार्यालय पोखरामा धर्ना दिएको छ । स्थानिय तहको निर्वाचनमा संसदबाहिर रहेका दलहरु पनि चुनाव चिन्ह दिन माग गर्दै कार्यालयमा धर्ना दिएको हो ।

आयोगले चुनाब चिन्ह दिन कन्जुस्याई गरेका कारण आन्दोलनमा उत्रिनु परेको परिषद् सदस्य भानु अधिकारीले जानकारी दिए ।  उनले आइतबार २ घण्टा धर्ना दिएको बताए । मागपुरा नभए सम्म आन्दोलन जारी राख्ने बताए ।

निर्वाचन कार्यालयको गेटमा विरोधको व्यानर टाँगेर गेट अगाडी बसेर धर्ना दिएका थिए । राजनीतिक रुपमा ठुला दलहरुको सिण्डीकेटलाई बढवा दिने प्रवृति आयोगले प्रदर्शन गरेको उनीहरुको आरोप छ । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले आन्दोलनमा छन् ।

@Ganthan

LEAVE A REPLY