क्यूवा, वैशाख १७ । क्यूवाको आर्टेमिसा प्रान्तको पश्चिमी पहाडि क्षेत्रमा सैन्य विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सात जना सेना र एक जना पायलट रहेका छन् । ट्वीन इन्जिन ए एन–२६ विमान राजधानी हवाना नजिकै प्लाया बाराकोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको सैन्य विज्ञप्तिमा जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

@एजेन्सी

 

LEAVE A REPLY