पोखरा, २५ असोज l कास्कीमा संचालित सहकारी संस्थाका अध्यक्ष एक हुने भएका छन् ।
सबै प्रकारका सहकारी अध्यक्षको सामूहिक भावना, विश्वास, एकता, सहयोग, तालिम शिक्षा सूचना र प्रविधिको प्रयोगलाई सामयसापेक्ष सहकारीको साझा हित प्राप्त गर्ने उद्देश्यले को–अपरेटिभ प्रेसिडेन्ट्स सोसाइटी नेपाल गठन गर्न लागिएको हो ।
भेला आयोजक समिति संयोजक बाघमारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्लीराम बरालले एकका लागि सबै र सबैका लागि एक भन्ने मूलभावनाबाट अभिप्रेरित भइ को–अपरेटिभ प्रेसिडेन्ट्स सोसाइटी नेपाल प्रदेश ४ तदर्थ समिति गठनका लागि असोज २८ गते शनिबार जनप्रिय मावि, सिमलचौरमा विभिन्न सहकारीका अध्यक्षको परिचयात्मक भेला एवं शुभकामना आदानप्रदान कार्यक्रम तयारी गरिएको बताए ।
उनले कास्कीका सबै प्रकारका सहकारीकै अध्यक्षलाई भेलामा सहभागी हुन आह्वानसमेत गरेका छन् ।
गत आवको असार मसान्तसम्म जिल्लामा उपभोक्ता सहकारी २९, बहुउद्देश्यीय २१, बचत तथा ऋण ३४९, कृषि तथा फलफूल १५६, दुग्ध २२, कफी १५, मत्स्य ३, संचार ५, स्वास्थ्य १, जडिबुटी २, पशुपालन ४, मौरीपालन ३, चिया उत्पादक २, पर्यटन २ र अन्य १६ गरी कुल ८०७ सहकारी संचालित छन् ।
यस्तै, विषयगत संघतर्फ उपभोक्ता सहकारी संघ, जिल्ला कफी सहकारी संघ, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ, जिल्ला सहकारी संघ, कृषि सहकारी संघ र कास्की बचत तथा ऋण सहकारी संघ समेत संचालित छन् ।

LEAVE A REPLY