१९ बैशाख, कैलाली । घोडाघोडी नगरपालिका-११ जवलपुर गाउँमा खेतको ढिस्कोमा गाडेको अवस्थामा फेला परेको बाल्टिन बमलाई नेपाली सेनाको टोलीले निश्कृय पारेको छ ।

स्थानीयले दिएको सूचनाको आधारमा बोराडाँडीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार बाल्टिन बमलाई निश्क्रिय पारेको हो ।

सेनासँगै गएको सुरक्षा बेस क्याम्प पहलवानपुरका शसस्त्र प्रहरी निरिक्षक अनिल शाहीले बाल्टिन बम शसस्त्र द्वन्द्वको बेला बिपक्षी शक्तिले लुकाएको हुनसक्ने प्रतिक्रिया दिए ।

LEAVE A REPLY