फाईल तस्विर

रसुवा, चैत २७ – आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि चीनबाट ल्याउन लागिएको १० हजार थान मतपेटिका सोमबार बेलुकासम्म नेपाल आउने भएको छ । चीनको ठोङ्सामा झरेको पहिरो पन्छाउने काम सामेबार दिउँसोसम्ममा सकिने र बेलुकासम्ममा मतपेटिका रसवागढि नाकामा आइपुग्ने रसुवागढि भन्सार कार्यालयले जनाएको छ ।

१० हजार थान मतपेटिका केरूङमा आइपुगेको भएपनि ठोङ्सामा झरेको पहिराको कारण एक हप्तादेखि मतपेटिका केरूङमा नै थन्किएको हो । चिनियँ पक्षले ठोङ्सामा झरेको पहिरो पन्छाउने कार्य गरिरहेको र सोमबार दिउँसोसम्ममा पहिरो पन्छाउने सकिएमा मतपेटिका रसुवागढि नाकामा आइपुग्ने भन्सार प्रमुख केदार पनेरुले बताउनुभयो ।

चुनावका लागि चीनबाट ल्याउन लागिएका ३० हजार थान मतपेटिका मध्ये पहिलो चरणमा १० हजार थान मतपेटिका ल्याउन लागिएको हो ।

@Ujyaaloonline

LEAVE A REPLY