पोखरा, कार्तिक २२
पोखरा लेखनाथ महानगपालिका पशु सेवा शाखाले आ.व. २०७४÷०७५ मा कृषकहरुलाई विभिन्न शिर्षकहरुमा वितरण गर्ने अनुदानको लागि सरोकारवालाहरुसँग प्रश्ताव आह््वान गरेको छ ।

विगतमा पशु सेवा कार्यालय मार्फत जिल्लाभर कार्यक्रमहरु संचालन भएपनि स्थानीय तहको पूर्नसंरचनापछि महानगर शाखाले महानगरको क्षेत्रभित्र कार्यक्रम संचालनको लागि प्रकृया सुरु गरेको हो । महानगर शाखाले कार्यक्रमहरु सुरु गरेपनि गाउँपालिकाहरुले अझै पनि सुरसार गरेका छैनन् । कृषकहरु दिनहुँ कार्यालयमा आएर अनुदान कार्यक्रमहरु वारे सोधपुछ गर्ने गरेपनि पालिकाहरुले यस वर्ष विषयगत कार्यालयहरुका कार्यक्रमहरुमा बजेट विनियोजन गरेका छैनन् । विगत केही वर्षहरुदेखी राष्ट्रिय कार्यक्रमको रुपमा संचालन हुँदै आएका कार्यक्रमहरुलाई महानगरमा यस वर्ष पनि निरन्तरता दिईएको हो ।

पशुपंक्षी बजार प्रवद्र्धनको लागि सहकार्य मार्फत मासु पसल,डेरी पसल, चिलिङ्ग भ्याट,मिल्क एनालाईजर र क्यान, पशु हाटवजार बजार व्यवस्थापन र पशु संकलन केन्द्र स्थापनामा अनुदानको लागि कृषकहरुमा प्रश्ताव आह््वान गरिएको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले हिमाली आवाजलाई जानकारी दिए । कार्यक्रमहरुमा सहभागिताको लागि कृषकहरुले म्यादभित्रै आफ्नो कार्ययोजना सहित आवेदन पेस गर्नुपर्ने छ । पशुपंक्षी बजार प्रर्वदन कार्यक्रम मार्फत विभिन्न कार्यक्रमहरुको लागि १ करोड ६ लाख ४१ हजार रुपैयाँ वितरण हुनेछ । यसमा पशु संकलन केन्द्र स्थापना तथा व्यवस्थापन,पशु हाटवजार व्यवस्थापन, दुग्ध उत्पादक सहकारी तथा उद्योगहरुलाई चिलिङ्ग भ्याट गरिदमा ५० प्रतिशत अनुदान लगायत छन् ।
त्यस्तै नयाँ गाई भैँसी श्रोत केन्द्र स्थापना कार्यक्रमको लागि १५ लाख रुपैयाँको कार्यक्रम तय भएको छ । महानगरमा उन्नत नश्लका दुधालु गाई भैँसीहरुको स्रोतको अभावलाई हटाएर मागलाई सहज आपूर्ति गर्ने हेतुले नयाँ स्रोत केन्द्रको खोजीमा कार्यक्रम संचालन गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले वताए । युवा लक्षित पशु विकास गाई, भैँसी, वाख्रा फार्म प्रवद्र्धन कार्यक्रममा समेत अनुदानका लागि पुश पालक कृषक तथा निजी व्यवसायिक फार्महरुलाई प्रश्ताव ल्याउन आग्रह गरिएको श्रेष्ठको भनाई छ । यस वर्ष युवा लक्षित कार्यक्रम अन्तर्गत २३ लाख रुपैयाँ अुनदान स्वरुप वितरण हुनेछ । अनुदान पाउन  कृषकहरुले मंसिर ११ गतेभित्र आवश्यक कागजपत्र सहित कार्यालयमा निवेदन पेश गर्नुपर्ने छ ।

LEAVE A REPLY