पोखरा, १९ कात्तिक । श्री भुमेश्वर आधारभूत विद्यालय अन्नपूर्ण गाउँपालिका बाँसघर्क सल्यानका विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ । किवानिज क्लब अफ पोखराको आयोजनामा विद्यालयका ३५ जना विद्यार्थीलाई शनिबार एक कार्यक्रमकका बीच सहयोग हस्तान्तरण गरिएको क्लबका अध्यक्ष नविन पौडेलले जानकारी दिए ।
बालबालिकाको क्षेत्रमा सक्रिय रहँदै आएको किवानिज क्लबले विभिन्न सामाजिक काम गर्ने क्रममा विद्यार्थीलाई झोला र शैक्षिक सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक देवेन्द्र केसीले बताए । क्लबका अध्यक्ष नविन पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर गुरुङ, प्रधानाध्यापक तोरणबहादुर केसी लगायत सहभागी थिए ।
क्लबले आगामी दिनमा पनि बालबालिकालाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । ‘किवानिज क्लब बालबालिकाको क्षेत्रमा मात्र काम गर्ने अन्तर्राष्ट्रिय सामाजिक संस्था हो,’ उनले भने ।

LEAVE A REPLY