पोखरा, ११ मंसिर  l पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ११ का वासिन्दाहरुले आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्वर २ प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नरेशशंकर पालिखेलाई भोट दिने प्रतिवद्धता जनाएका छन् ।

चुनावी प्रचार अभियान अन्तर्गत पालिखे आईतवार वडा नम्वर ११ मा केन्द्रित रहे । वडा नम्वर ११ रानीपौवाको शितलादेवी मन्दिरबाट घरदैलो अभियान शुरु गरेका पालिखे रानीपौवाको मुख्य बजार, रामघाट क्षेत्र, सिमसोर टोलका विभिन्न पथहरु तथा काहुँडाडासम्म पुगेका थिए । सो क्षेत्रका वासिन्दाले पालिखे पोखरा उपमहानगरपालिकाको उपमेयर हुदाको काम हेरेकोले पनि आफुहरुले भोट दिने प्रतिवद्धता जनाएका हुन् ।

उम्मेदवार पालिखेले ठुला ठुला विकासका सपनाहरु आफुले नदेखाउने तर स्थानियहरुको समस्या समाधान गर्न आफु केन्द्रित रहने बताए । उनले पोखरा बजारबाट नजिक रहेको भए पनि काहुँडाडा विकासका हिसावले पछाडी परेको भन्दै आफुले जितेपछि काहुँमा कृषि र पर्यटनको विकास गर्ने उद्घोष गरे ।

उनले स्थानियलाई आफु अनुभवले विकासका काम गर्ने बताउँदै निष्ठा र बिकास आफुहरुको पहिलो प्राथमिकता रहने बताउनुका साथैे विकास गर्ने जिम्मेवारी दिनको लागि बालक चुनाव चिन्हमा भोट दिन सबैसँग आग्रह गरे ।
अभियान क्रममा त्यहाँका आमा समूहहरु तथा जनसमुदायको पनि उल्लेख्य सहभागिता रहेको थियो भने पालिखेलाई स्थानियले सम्मान समेत गरेका थिए ।

LEAVE A REPLY