भाद्र १४, पोखरा ।  नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा जुनियर युवा रेडक्रस सर्कल शुक्रराज भलभद्र मा.वि. पोखरा लेखनाथ(१४ को व्यवस्थापनमा संपन्न जिल्लास्तरीय चित्रकला प्रतियोगितामा अमरसिंह मा.वि. पोखरा लेखनाथ १० अमरसिंहचोकका छात्र सन्दिप कार्की प्रथम हुन सफल भएका छन् ।
यसैगरी कास्की मोडनाइज्ड एकेडेमी पोखराका छात्र मुकेश सुनार द्धितीय, बालप्रभात वो.स्कुल पोखराका छात्र कञ्चन लामा तृतीय र सैनिक आवासीय महाविद्यालयका थमन गुरुङ् र मदरल्याण्ड मा.वि. पोखरा लेखनाथ ७ मासवारका पासाङ ल्हामु शेर्पा सान्त्वना हुन सफल भए ।
युवा रेडक्रस सर्कल शुक्रराज बलभद्र मा.वि. पोखरा लेखनाथ १४ कोव्यवस्थापनमा भएको प्रतियोगितामा कास्कीका जिल्लाका विभिन्न ६१ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रथम, द्धितीय र तृतीय हुन सफल चित्रकलालाई नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको आयोजना र कास्की शाखा एवं महेन्द्र मा.वि. पोखरा लेखनाथ ९ को व्यवस्थापनमा हुन लागेको राष्ट्रिय चित्रकला प्रतियोगितामा सहभागिताको लागि पठाइएको छ । प्रतियोगिताको निर्णायकमा कलाकर्मी थमन सूनार र उमिद पौडेल रहनुभएको थियो ।

LEAVE A REPLY