कास्की मोर्डनाईज्ड एकेडेमी चाउथेमा वार्षिक अतिरीक्त क्रियाकलाप अन्तर्गत विधार्थीहरुको अन्तरनिहीत क्षमताको विकाशका लागि संचालन गरिएको अन्तर सदनात्मक गणित हाजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

माध्यमिक तह को गणितीय हाजीर जवाफ प्रतियोगिता मा चार वटा सदन को प्रतियोगितामा निलो सदनले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने सेतो सदन द्धितीय र हरियो सदन तृतिय भएका थिए । त्यस्तै सो प्रतियोगितामा आरति गुरुङ्ग ले उत्कृष्ट अंक ल्याउन सफल भईन ।

औपचारीक कार्यक्रम को उधघाटन गर्दै विद्यालय का प्राचार्य राम ब. मोचीले विश्व भरी नै सिक्ने सिकाईने महत्वपूर्ण विषय गणित भएको र विध्यार्थीहरुमा गणितीय क्षमता विकाश र द्रुत रुपमा गणीतीय विषयमा अभिवृदि गर्न का निम्ती यस्ता कार्यक्रमले महत्व राख्ने वताए । विध्यालय प्राङ्गगमा संचालित कार्यक्रम गणित विषय का सिनीयर शिक्षक प्रेम नाथ गौतम को सभाध्यक्षता मा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालक शिक्षक युवराज कडेल रहेका थिए ।

LEAVE A REPLY