फाईल तस्बिर

पोखरा, १८ चैत /कास्की जिल्लाका सहकारी कर्मीहरुले ६०औं राष्ट्रिय सहकारी दिवसलाई ३ दिने कार्यक्रम गरी मनाउँदै छन् । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल नाराका साथ शुक्रबार​ देखि २० गते सम्म दिवस मनाउन लागिएको हो । कार्यक्रम अन्तर्गत शुक्रबार​ विहान ७ बजे जिल्ला सहकारी संघ लि. कास्कीको प्रांगणमा खुल्ला रक्तदान कार्यक्रमगरिएको छ भने शनिबार​ गते मुख्य सडकको चोकहरु, मठ मन्दिर, सार्वजनिक स्थल र तालतलैयाहरु र सहकारी संघ संस्थाको कार्यालय परिसर वरपर वृहत सरसफाई गर्ने कार्यक्रम गरिनेछ ।

दिवसका अन्तिम दिन चैत्र २० गते सहकारी संघ संस्थाहरु विदा गरी वृहत सहकारी ¥यालीमा सहभागी हुने कार्यक्रम रहेको प्रचार संयोजक भीम गुरुङले जानकारी दिए ।‘उक्त दिन चिप्लेढुंगाबाट सहकारी संघ संस्थाका सदस्य, संचालक तथा कर्मचारीहरु आआफ्ना संस्थाका व्यानर प्लेकार्ड र झाँकी सहित वि.पि.चोक, न्यूरोड हँुदै सभागृहमा आइ सहकारी सभामा परिणत हुने कार्यक्रम छ,’ उनले भने ।कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयबाट वर्षभरिका उत्कृष्ट सहकारी, उत्कृष्ठ, व्यवस्थापक, उत्कृष्ठ अध्यक्ष, उत्कृष्ठ सहकारी अभियन्ता र ¥यालीमा उत्कृष्ठ हुने सहकारी संघ संस्थाहरुलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम छ ।

कार्यक्रमलाई भव्य रुपमा मनाउन जिल्लाभरिका सम्पूर्ण सहकारी संघ संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुलाई आव्हान गरिएको छ ।यसैबीच सहकारी दिवसलाई भव्य रुपमा मनाउन ७०१ सदस्यीय मूल समारोह समिति कास्की गठन गरिएको छ । हरेक वर्ष कास्कीमा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्की, जिल्ला सहकारी संघ लि.कास्की, कास्की बचत तथा ऋण सहकारी संघ लि, जिल्ला कृषि सहकारी संघ लि.कास्की, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लि.कास्की, जिल्ला कफी सहकारी संघ लि.कास्की, जिल्ला उपभोक्ता सहकारी संघ लि. कास्की, राष्ट्रिय सहकारी बैंक लि.कास्की शाखा, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. कास्की शाखा लगायतका जिल्लाका सम्पूर्ण सहकारी संस्थाहरुको सहकार्यमा दिवस मनाउँदै आइरहेको छ ।

LEAVE A REPLY