पोखरा, १६ कात्तिक। नेपाली काँग्रेस कास्कीले तामझामका साथ बिहीबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेको छ।

कास्कीका तीन निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि नौ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। कास्की काँग्रेसबाट प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभातर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

कास्की काँग्रेसले क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा यज्ञबहादुर थापा, १(क) बाट जीवन परियार, १(ख) बाट कृष्ण केसी, क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा देवराज चालिसे, २(क) बाट गुरु बराल, २(ख)बाट विन्दुकुमार थापा , क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा शुक्रराज शर्मा, ३(क)बाट शारदा पौडेल र ३(ख)बाट भोजबहादुर गुरुङ‘सिकन्दर’को उम्मेदवारी दर्ता गराएको हो।

कास्की काँग्रेसले पोखराको सभागृहचोकबाट बाजागाजा सहितको ¥यालि प्रदर्शन गरी उम्मेदवारी दर्ता गराएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। ¥यालीमा काँग्रेस नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो।

LEAVE A REPLY