पोखरा, ३ चैत। नेपाली काँग्रेस कार्य सम्पादन समिति कास्कीको आइतबार बैठक बसेको छ।
बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरी चैत्र ३० गते पोखराको चिप्लेढुङ्गामा आयोजना गरिएको आमसभा सभ्य र भव्य रुपमा सफल भएको निष्कर्ष निकालेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।
बैठकले आमसभालाई सफल बनाउने पार्टीका नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्था, तरुण विद्यार्थी, पत्रकार, सुरक्षा निकाय, उद्योग व्यवसायी, वकिल, शिक्षक, प्राध्यापक लगायत सवैप्रति आभार व्यक्तगर्दै धन्यवाद ज्ञापन गरेको छ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो।

LEAVE A REPLY