पोखरा, १५ भदौ l निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार​ सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार​ अपरान्ह आयोगका अध्यक्ष कमल नारायण दासले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझएका हुन् ।

आयोगले संविधान अनुसार प्रतिनिधिसभाका लागि एक सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो । आयोगले कास्कीमा निधारण गरेको ३ वटा संघीय र ६ वटा प्रादेशिक निर्वाचन क्षेत्र विभाजन यस्तो छ ।

संघीय संसदको क्षेत्र
क्षेत्र नम्बर १
रुपा गाउँपालिका, मादी गाउँपालिका र पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१, ३२ रहेका छन् ।

क्षेत्र नम्बर २
पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् ।

क्षेत्र नम्बर ३
अन्नपुर्ण गाउँपालिका, माछापुच्छे गाउँपालिका, र पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ रहेका छन् ।

प्रदेश निर्वाचन क्षेत्र
प्रदेश क्षेत्र नम्बर १
रुपा गाउँपालिका र पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर २६, २७, २९, ३०, ३१, ३२ रहेका छन् ।

प्रदेश क्षेत्र नम्बर २
मादी गाउँ पालिका, पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर १२, १३, १४, २८ रहेका छन् ।

प्रदेश क्षेत्र नम्बर ३
पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर ७, १५, १७, २१ र ३३ रहेका छन् ।

प्रदेश क्षेत्र नम्बर ४
पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर ४, ८, ९, ११, १६ र २० रहेका छन् ।

प्रदेश क्षेत्र नम्बर ५
माछापुच्छे गाउँपालिका, पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर १, २, ३, १८, १९ र २५ रहेका छन् ।

प्रदेश क्षेत्र नम्बर ६
अन्नपुर्ण गाउँपालिका, पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर ५, ६, २२, २३ र २४ रहेका छन् ।

LEAVE A REPLY