पोखरा २२ मंसिर l  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न मतदानको मतगणना कास्कीमा आज साढे १२ बजे पछि सुरु हुदैछ । मतगणना सुरु गर्ने बारे सर्बदलीय बैठक सम्पन्न भइसेको छ ।

कास्कीको तीन वटा क्षेत्रको छुट्टा छुट्टै तीन स्थानमा मतगणना हुनेछ । कास्की क्षेत्रनम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय, २ को सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र ३ नम्बर क्षेत्रको जिल्ला समन्वय समितिमा मतगणना स्थल तोकिएको छ ।

कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । २ लाख ५५ हजारमा मतदातामा ७० प्रतिशतले मतदान गरेका थिए ।

LEAVE A REPLY