पोखरा,१६ कात्तिक l  नेपाली कांग्रेसका नेता नरेशशंकर पालिखेले कास्की क्षेत्र नम्बर २ ख मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । आधिकारिक उम्मेद्वार भन्दा अघि नै उनले उम्मेदवारी दर्ता गरे । उक्त क्षेत्रमा कांग्रेसले व्यवसायी विन्दु थापालाई टिकट दिएको छ ।

नेताहरूमा स्वच्छाचारिता बढेको र पैसाका भरमा थापाले टिकट पाएको पालिखेको आरोप छ । म २५ वर्षदेखि पार्टीका लागि काम गरेको छु, उहाँ २ वर्ष भयो कांग्रेस भएको, त्यही अन्यायका विरूद्ध मेरो उम्मेदवारी हो, पालिखेले भने ।

पालिखे कांग्रेसका महाधिवेशन प्रतिनिधी छन् । पार्टीको जिल्ला सचिवसहित रहिसकेका उनी पोखराको पूर्व उपमेयर पनि हुन् । गएको स्थानीय चुनावमा मेयरका आकांक्षी पालिखेलाई त्यतिबेला टिकट पक्का पक्की भइसकेको ११ औं आवरमा रद्द गरी नेता अर्जुननरसिंह केसीका बहिनी ज्वाइँ रामजी कुँवरलाई कांग्रेसले टिकट दिएको थियो ।

LEAVE A REPLY