?????????????????????????????????????????????????????????
पोखरा, चैत १९ । कास्कीको छुम्रुङमा शनिबार दिउँसो चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोरखा घर भइ हाल छुम्रुङमा बस्दै आएका १४ वर्षका बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।एक सातायता पोखरा आसपास क्षेत्रको मौसममा खराबी आएको छ । पोखरामा शनिबार पनि भीषण असिना–पानी परेको छ ।
असिनाले कास्की जिल्लाको विभिन्न क्षेत्रमा लगाइएको तरकारीखेतीमा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।कमजोर भिजिविलिटीका कारण पोखरामा नियमित हवाई उडानसमेत हुन सकेको छैन ।

@imagekhabar

LEAVE A REPLY