????????????????????????????????????

 

पोखरा, ६ मंसिर । नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री कमल थापा बिहीवार पोखरा आउनुहुने भएको छ । राप्रपा कास्कीको जिल्लास्तरीय वृहद चुनावी सभालाई सम्वोधन गर्न उहाँ पोखरा आउन लाग्नुभएको कास्कीका प्रचारप्रसार संयोजक सूर्य बास्तोलाले जानकारी दिनुभयो ।

नेपालको एकमात्र देशभक्त राष्ट्रवादी पार्टी राप्रपाको आह्वान हिन्दुत्वको सम्मान, गाइलाई मतदान, निरन्तरता सहितको परिवर्तन, शान्ति सुशासन र विकास सहित समृद्ध नेपाल नेपालीको शान भन्ने मूल नाराका साथ विहीवार सम्पन्न हुन गइरहेको वृहद चुनावी सभामा उपस्थित हुन सम्पूर्ण न्यायप्रेमी कस्केली जनसमुदायहरुमा राप्रपा कास्कीले अनुरोध समेत गरेको छ ।

पार्टी कार्यालय नयाँबजारबाट बाजागाजासहित शुरु हुने वृहद चुनावी ¥याली नयाँबजार, महेन्द्रपुल चिप्लेढुङ्गा, मानवअधिकारचोकमा पुगी सभामा परिणत हुने कार्यक्रम रहेको छ ।

मंसिर २१ गते हुन गइरहेको निर्वाचनलाई मध्यनजर गरी आयोजित उक्त सभामा केन्द्रीय सदस्यहरु समेतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY