पोखरा, १३ बैशाख  l कास्कीका पाँच विद्यार्थी संगठनले कास्कीका केही निजि स्कूलहरुमा अनुगमन गरी वढि शुल्क लिएका निजि स्कूलहरुको आर्थीक शाखामा तालावन्दि गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल छैठौं, अखिल कान्तीकारी, अनेरास्ववियु कान्तीकारीको केन्द्रीय कार्यक्रम अन्तर्गत कास्कीमा उक्त कार्यक्रम गरिएको अनेरास्बवीयु कास्कीका अध्यक्ष सेखर गौतमले बताएका छन् ।

केन्द्रिय अन्दोलन अन्तर्गतको यो तेस्रो दिनको आन्दोलनमा कास्कीका ६ वटा निजि स्कूलहरुमा तालावन्दि भएको छ । जसमा शिशु निकेतन विरौटा , फिस्टेल एकेडेमी विरौटा, मदरल्याण्ड मासबार, ह्यापी बोडिन मासवार, कुम्दीनि होम्स् गैरापाटन, प्रगति स्कूल रहेका छन् । यदि अन्य स्कूलहरुले स्वघोषित शुल्क फिर्ता नगरे तत्काल ठाउँको ठाउँ कारवाही गरीने गौतमले वताएका छन् ।

हिजो शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएर धर्ना दिएको थियो भने भोली प्याप्सन र यन  प्याप्सको कार्यलयमा तालावन्दि गरीने जनाएको छ । भोलिका दिनमा हुने हरेक आन्दोलनमा सहयोग गरीदिनु हुनका निम्ती आम अभिभावकहरुलाई सँयुक्त वैठकले आवान गरेको छ ।

LEAVE A REPLY