पोखरा १२ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीका नव आगन्तुक प्रहरी प्रमुख एसपी अशोक सिंहले १५ बुदे कार्ययोजना सार्वजनिक गरेका छन् । आइतवार पत्रकार सम्मेलन गरी प्रहरी उपरिक्षक सिंहले लागूऔषध, गुण्डागर्दी नियन्त्रणलाई प्रथामिकतामा राख्दै १५ बुदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।

उनले अपराध नियन्त्रण तथा रोकथामलाई प्रमुख प्राथमिकतामा राख्दै लागूऔषध कारोबार रोकथाम तथा नियन्त्रणको लागि आक्रमक कारवाही सुरु गर्ने बताएका छन् । त्यस्तै गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता , चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रण, ट्राफिक व्यबस्थापन, फरार अपराधीहरुको खोजि र कारवाहीलाई निरन्तरता दिने उल्लेख गरेका छन् ।

सार्वजनिक कार्ययोजना अन्तर्गत भष्ट्राचारमा शुन्य सहनशिलता , प्रहरी भित्रको आन्तरिक शुद्धिकरण गरी आचरण र ब्यबहारमा सुधार , प्रबिधीमैत्री प्रहरी सेवामा जोड दिने उल्लेख छ ।

यसैगरी कार्यालयका भौतिक संरचना निर्माण तथा सृजनशिल कार्यमा जोड दिने, बिभिन्न संघ संस्थाहरुसँगको समन्वयात्मक सहकार्य गरी सामाजिक विकृति, विसंगति बिरुद्धको अभियानलाई निरन्तरता दिने र नागरिक सुनुवाई कार्यक्रममा जोड दिने सिंहले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहको आगामी कार्ययोजना :

  • अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकता
  • अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण एवं आक्रमक कार्वाही
  • गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता
  • चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड
  • ट्राफिक व्यबस्थापनमा प्राथमिकता
  • फरार अपराधीहरुको खोजि- कार्वाहीलाई निरन्तरता
  • भष्ट्राचारमा शुन्य सहनशिलता
  • आन्तरिक शुद्धिकरण गरी प्रहरी आचरण ब्यबहारमा सुधार
  • प्रबिधीमैत्री प्रहरी सेवामा जोड
  • कार्यालयका भौतिक संरचना निर्माण तथा सृजनशिल कार्यमा जोड
  • बिभिन्न संघ-संस्थाहरुसँगको समन्वयात्मक सहकार्य गरी सामाजिक विकृति, विसंगति बिरुद्धको अभियानलाई निरन्तरता नागरिक सुनुवाई कार्यक्रममा जोड ।
  • महिला हिंसा बिरुद्धको अभियान तथा मानव अधिकारको संरक्षण र संवर्द्धन
  • अन्य सरकारी एवं गैह्र सरकारी निकाय, नागरिक समाज एवं बुद्धिजिवि बर्ग तथा सेवा निवृत सरकारी कर्मचारीहरुसँगको समन्वयमा जोड
  • सुरक्षित एवम् अपराध मुक्त कास्कीको निर्माण
  • घटित अपराधहरुको गहन अनुसन्धान अभियोजन

LEAVE A REPLY