२० वैशाख, पोखरा । उम्मेदवारी दर्तासँगै कास्कीका गाउँपालिकाहरुमा चुनावी सारगर्मी ह्वात्तै बढेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरुले उम्मेदवारी घोषणा गरेसँगै माहोल थप तातेको हो ।

मादी गाउँपालिकामा कांग्रेसले देवीजंग गुरुङलाई प्रमुख र उपप्रमुखमा प्रभाश्री गुरुङलाई अघि सारेको छ ।

मादी गाउँपालिकामा एमालेका वेदबहादुर गुरुङ (श्याम)ले प्रमुखमा र उपप्रमुखमा विष्णुमाया पौडेलले उम्मेदवारी दर्ता गरेकी छन् ।

नेकपा माओवादी केन्द्रले राधादेवी बास्तोलालाई प्रमुख र उप्रमुखमा नन्दश्री गुरुङलाई उठाएको छ ।

रुपा गाउँपालिकामा प्रकाशमोहन खनाललाई प्रमुखको उम्मेदवार बनाएको कांग्रेसले उपप्रमुखमा गीमाया गुरुङलाई टिकट दिएको छ ।

रुपामा एमालेका नवराज ओझा प्रमुख र लालसुब्बा गुरुङ उपप्रमुखको उम्मेदवार बनेका छन् ।

रुपा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी निर्मला सुवेदी (क्रान्ति) र उपप्रमुखमा पुष्प खनालले उम्मेदवारी दर्ता गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा कांग्रेसले युवराज कुँवर र उपप्रमुखमा खेमकुमारी गुरुङलाई खडा गरेको छ ।

अन्नपूर्णमा एमालेका विष्णु केसीले प्रमुख र उपप्रमुखमा सगुन गुरुङले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रले धर्मबहादुर गुरुङलाई प्रमुखको उम्मेदवार बनाएको छ । हरिमाया तिमिल्सिना भने उपप्रमुखको उम्मेदवार बन्न सफल भएकी छन् ।

माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका खुसीमान गुरुङले प्रमुखको टिकट हात पारेका छन् । टेकनशोभा गुरुङले उपप्रमुखमा बाजी मारिन् ।

माछापुच्छ्रे गाँउपालिकामा एमालेका कर्णबहादुर गुरुङले प्रमुख र कृष्णाकुमारी दवाडीले उपप्रमुखमा उम्मेदवारी दिएकी छन् ।

माछापुच्छ्रे गाउँपालिकामा माओवादी केन्द्रले प्रवीणा अधिकारीलाई प्रमुख र टेकनाथ गौतमलाई उपप्रमुखमा खडा गरेको छ ।

LEAVE A REPLY