कास्की, जेठ १० – नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आर्चाय निधन भएको छ । बुधबार बिहान हृदयघात हुनुभएका आर्चायको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–११ काहुँ डाँडा घर भएका ४४ वर्षे आर्चायको शवलाई अहिले मणिपाल अस्पतालबाट घरमा लैजाने तयारी गरेको परिवार स्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY