पोखरा, २६ चैत । कार्कीनेटा सम्पर्क समाज पोखराले आफ्नो प्रथम स्थापना दिवस तथा नव वर्ष २०७४ को शुभकामना अदान प्रदान कार्यक्रम खुल्ला रक्तदान कार्यक्रम अयोजना गरी मनाएको छ ।
संस्थाका निवर्तमान अध्यक्ष प्रेम प्रसाद शर्माले रक्तदाता तथा संस्थाका बरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद शर्मालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेको कार्यक्रममा ४१ जना रक्तदाताले रक्तदान गरेका थिए ।
कार्यक्रममा रक्त संचार केन्द्र पोखराका प्राविधिकहरुले प्राविधिक सहयोग उपलब्ध गराएका थिए भने अन्य सम्पूर्ण सहयोग अनुकुल कृषि सहकारी संस्थाले गरेको थियो ।
संस्थाका निवर्तमान अध्यक्ष प्रेम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक हरि प्रसाद शर्मा रहनुभएको थियो भने कार्यक्रमको संचालन सचिव रामचन्द्र शर्माले गर्नुभएको थियो ।

LEAVE A REPLY