१९ बैशाख, काठमाडौं । उपत्यकाभित्रका दुईवटा महानगरपालिका काठमाडौं र ललितपुरमा एमाले र राप्रपावीच चुनावी तालमेल हुने भएको छ ।

दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिन दुबै दलका नेताहरु सहमत भएका छन् । तर, उम्मेद्वारको भने टुंगो लाग्न अझै केही घण्टा लाग्ने बताइएको छ ।

भर्खरै राप्रपा अध्यक्ष कमल थापा र दीपक बोहोराले एमालेको संसदीय दलको कार्यालयमा पुगेर केपी ओलीसँग चुनावी तालमेलबारे छलफल गरेका छन् ।

दुबै दलले संयुक्त उम्मेद्वारी दिने सहमतिसँगै आ-आफ्नो दलका तर्फबाट नाम टुंगो लगाउन राप्रपा र एमालेका नेताहरु जुटेका छन् ।

LEAVE A REPLY