२१ वैशाख, काठमाडौं । काठमाडौं मै नेपाली कांग्रेसबाट २ जना महिला उम्मेदवारहरु निर्बिरोध भएका छन् । काठमाडौंको टोखा नगरपालिकामा २ जना दलित महिला सदस्यहरु निर्बिरोध निर्वाचित भएका हुन् ।

टोखा नगरपालिका-६ बाट दिलमाया विश्वकर्मा र वडा नम्बर २ बाट कांग्रेसकै उमेदवार प्रतिमा हिङमाङ सदस्यमा निर्विरोध भएका हुन् ।

टोखा नगरपालिकामा कांग्रेसबाट हरिहर अधिकारी र रजनी थापा प्रमुख तथा उपप्रमुखको उम्मेदवार छन् । टोखामा ११ वटा वडा रहेको छ ।

विभिन्न ठाउँमा दलित महिला सदस्य तथा अन्य उम्मेदवारहरु पनि निर्बिरोध भएका छन् ।

LEAVE A REPLY