काठमाडौं,१७ पुस । लैनचौरमा सोमबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ९० प १४०० नंम्बरको मोटरसाइकल बिहान  ४ः०० बजे अनियन्त्रित भर्इ दुर्घटना भएको हो ।

प्रहरीले बाग्लुङ घर भई हाल बोहराटार बस्ने साजन ठकुरी दुर्घटनामा गम्भीर घाइते भएकाे र उनको उपचारका क्रममा मृत्यु भएको जनाएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताए ।

LEAVE A REPLY