१९ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने स्थल राष्ट्रिय सभागृहमा उम्मेदवार र कार्यकर्ताको चहल पहल बढेकोे छ ।

विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले मनोनयन दर्ता गराएका छन् ।

रञ्जुसँगै साझा पार्टीका मेयरका उम्मेद्वार किशोर थापा पनि मनोनयनको लाइनमा देखिएका थिए ।

स्वतन्त्र उम्मेद्वारका रुपमा काठमाडौंको उपमेयरमा एक नम्बरमा जनिशा भट्टराईले उम्मेद्वारी दर्ता गरेकी छिन् । (यसअघि जनिशा मेयरको उम्मेदवार भन्ने पर्न गएकोमा सच्याइएकाे छ)

ठूला दलका कार्यकर्ताहरुको भने चहल-पहल देखिएको छैन । उम्मेदवार नै ठेगान नभएकाले ठूला दलका कार्यकर्ताहरु निर्वाचन कार्यालयमा भन्दा पार्टी कार्यालयतिरै झुम्मिएका छन् ।

LEAVE A REPLY