वैशाख ११, पोखरा । नेपाली काङ्ग्रेस पोले महानगरपालिका–१९ कार्यकर्ता भेटघाट तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल सरकारका पूर्व सचिव र प्रधानमन्त्रीका पूर्व सल्लाहकार बाबुराम आचार्यले जनतालाई केन्द्र मानेर अगाडी बढ्न सबैलाई आग्रह गर्नुभयो । उहाँले सर्वसाधारणलाई भ्रममा नपारी काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
नेपाली काङ्ग्रेस पोले महानगरपालिका–१९ पुरुञ्चौरका संयोजक महेश्वर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाली काङ्ग्रेसका नेता एवम् प्रशिक्षक देवराज चालिसे, जिल्ला सदस्य शंकर ढुंगाना, क्षेत्र नं ४ का सचिव खिमलाल बास्तोला लगायतले बोलेका थिए । सोहि अवसरमा नयाँ वर्ष २०७४ सालको भित्तेपात्रो विमोचन समेत गरिएको थियो । स्थानीय तहको निर्वाचन नजिकिएसँगै घरदैले र कोणसभा र भेटघाट कार्यक्रमलाई जारी राखिएको सचिव एवम् प्रवक्ता विष्णु बास्तोला (प्रकाश) ले जानकारी दिए ।

LEAVE A REPLY