काठमाडौं, २१ बैशाख । पहिलो चरणको स्थानीय चुनावमा ४ वटा महानगरपालिका चर्चाको शिखरमा पुगेका छन् । दुई ठूला दल कांग्रेस र एमाले सबै महानगरपालिकामा माओवादी र राप्रपाको साथ लिएर जित आफ्नो पक्षमा पार्ने दाऊमा लागेका छन् ।

बिहीबार नेपाली कांग्रेस र माओवादीले भरतपुर र पोखरा महानगरपालिकामा चुनावी तालमेल गरेका छन् । तर, काठमाडौं र ललितपुरमा कांग्रेस- माओवादीवीच तालमेल गर्ने प्रयास भने सफल भएन ।

एमाले र राप्रपावीच काठमाडौं र ललितपुरमा तालमेल भइसकेको छ । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा साझा उम्मेदवारी दिएका छन् । पोखरा र भरतपुरमा भने एमाले र राप्रपावीच तालमेलको चर्चा चले पनि हुन सकेको छैन ।

एमालेलाई काउण्टर गर्नका लागि कांग्रेस नेताहरुले बिहीबार दिनभरि माओवादीसँग तालमेलबारे छलफल गरेका थिए ।

@Onlinekhabar

LEAVE A REPLY