रोल्पा, कात्तिक ३० । रोल्पामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरसिंह पुन चढेको गाडीमा बिहीबार बम प्रहार भएको छ ।
चुनाव प्रचारकाक्रममा रुन्तिगढी गाउँपालिका जानेक्रममा सुवर्णावति गाउँपालिका–१ को रातोमाटे भन्ने स्थानमा अपरिचित समूहले बम प्रहार गरेको हो ।
उम्मेदवार पुनको गाडीलाई लक्षित गरी दुईओटा बम प्रहार भएको जनाइएको छ । बम प्रहारबाट कुनैपनि क्षति नभएको बताइएको छ ।
अज्ञात समूहबाट बम प्रहार भएपछि उम्मेदवारको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ७ राउन्ड हवाईफायर गरेका थिए ।

LEAVE A REPLY