स्याङ्जा, वैशाख २९ । स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवारको घरमा बम भेटिएको छ ।

गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार बिहान मेयरका उम्मेदवार लालगोपाल अर्यालको घरको बरण्डामा सुतली बम भेटिएको हो ।

प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

@Imagekhabar

LEAVE A REPLY