पोखरा, २६ चैत। नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा इकाइ समिति – १५ को वडा सम्मेलन शनिवार सम्पन्न भएको छ। वडा सम्मेलनले सचिव धनराज पुरीको वार्षिक र कोषाध्यक्ष सकंमान सदाशंकरको आर्थिक प्रतिवेदन पारित गरेको छ। सम्मेलनमा वडाका अगुवा नेता तथा कार्यकर्ता सहभागि थिए। सम्मेलनको उद्घाटनगर्दै सांसद शारदा पौडेलले मुलुकको पहिलो आवश्यकता आर्थिक समृद्वि भएको बताईन्। काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधब बास्तोलॉमधु’ले काँग्रेसको अगाडी कुनै शक्तिको केहि नलाग्ने जिकिर गरे। नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका समितिका सभापति बजिरमान श्रेष्ठले एकजुट बनेर अघि बढे काँग्रेसले सवै स्थानमा चुनाव जित्ने दावी गरे।
कार्यक्रममा नेता तारा ‘पाखे’, महाधिवेशन प्रतिनिधिहरु ऋषि काफ्ले, खेमकुमारी बराल, परशुराम बि पोखरेल, कास्की काँग्रेसका जिल्ला सदस्यहरु मिनबहादुर गिरी, नवीन सिग्देल, क्षेत्रीय सचिव वर्षाकेशव पराजुली, सदस्य गिता भण्डारी, दिपकप्रकाश आचार्य, नेपाल महिला संघ नगर सभापति माया बराल, पूर्वइकाइ सभापति शुशीलराज पराजुली, वीपी चिन्तन प्रतिष्ठानका इकाइ सभापति डम्बरबहादुर बाँनिया, किसान संघका क्षेत्रीय सभापति चिरञ्जिवि बराल, नेपाल महिला संघकी जिल्ला सदस्य अम्बिका पराजुली, इकाइ सभापति विष्णु आचार्य, दलित संघ नगर सभापति गणेश बराईली, इकाइ सभापति ओमप्रकाश सुनार, जनजाति संघका इकाइ सभापति यमप्रसाद श्रेष्ठ, बौद्विक महिला लक्ष्मी विक लगायतले बोलेका थिए।
नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा इकाइ समिति– १५ का सभापति टोपबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति अर्जुन विकले स्वागत र सचिव धनराज पुरीले सञ्चालन गरेका थिए।

LEAVE A REPLY