पोखरा, १४ बैशाख। नेपाली काँग्रेस कास्कीले निर्वाचनको तयारीलाई तिव्र पारेको छ।
तयारी स्वरुप पार्टीका विभिन्न तहले दिनहुँ जस्तो बैठक, छलफल जारी राखेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिनुभयो।
यसैवीच, पोखरा लेखनाथ महानगरपालिका समितिले स्थानीय तह निर्वाचनलाई लक्षित गरी ११ हजार एक सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
बिहीबार बसेको बैठकले समितिका सभापति बजिरमान श्रेष्ठको संयोजकत्वमा महानगरपालिका भित्रका वडाका पदाधिकारी, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी र क्रियाशील सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो।
बैठकले आफु मातहतका वडा इकाइ समितिलाई निर्वाचन केन्द्रीत भएर घरदैलो र भेला गर्न निर्देशन दिएको समितिका सचिव रामजी कोइरालाले जानकारी दिनुभयो। बैठकमा जिल्ला सभापति र क्षेत्रीय सभापति पनि उपस्थित हुनुहुन्थ्यो।

LEAVE A REPLY