काठमाडौं, चैत २८ । भारत प्रशासित कश्मिरमा आइतबार सम्पन उप निर्वाचनका क्रममा भड्किएको हिंसामा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

श्रीनगर लोकसभाका लागि भएको मतदानका क्रममा विभिन्न मतदान केन्द्रमा हिंसात्मक प्रदर्शन र झडप भएको थियो ।उप निर्वाचनमा केबल ६ दशमलब ५ प्रतिशत मात्र मत खसेको अधिकारीहरुले जनाएका छन् । पृथकतावादी नेताहरुले निर्वाचन बहिष्कारको आह्वान गरेका थिए ।

केन्द्र सरकारले अतिरिक्त २० हजार सेना परिचालन गरेको थियो भने शान्तिपूर्ण निर्वाचनका लागि इन्टरनेट सेवा समेत बन्द गरिएको थियो ।कश्मिरमा अघिल्लो वर्ष चलेको महिनौं लामो राजनीतिक प्रदर्शनका क्रममा करिब ९० जनाको मृत्यु भएको थियो ।मुस्लिम बाहुल्य कश्मिर, भारत पाकिस्तानबीचको दशकौं पूरानो विवादको केन्द्र बन्दै आएको छ ।

पाकिस्तानले पृथकतावादीलाई सहयोग गरेको भारतको आरोप छ भने इस्लामाबादले यसलाई अस्वीकार गरेको छ ।दुवै मुलुकले कश्मिरलाई आफ्नो भूभाग दाबी गरेका छन् ।

@एजेन्सी

 

LEAVE A REPLY