काठमाडौं,२१ बैशाख । मकाउमा भएको खुला कराते प्रतियोगितामा नेपालले ३ स्वर्णसहित २ कास्य हात पारेको छ ।

सिंगल तौलको ६७ केजी मुनि राजाराम धमलाले कास्य पदक प्राप्त गरेका छन् ।

 मकाउमा भएको टिम कुमितेमा नेपालका शान्ति अधिकारी, राजेन्द्र लामिछाने र लोकमान सिंह श्रेष्ठले भाग लिएका हुन् ।

त्यस्तै, खुल्ला अर्थात् ८४ केजी माथिको तौलमा लोकमान सिंह श्रेष्ठले कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपाल कराते मकाउका संयोजक तथा २०१४ मा जर्मनीमा भएको २२ औ विश्व कराँते प्रतियोगितामा कोचको भूमिका निभाउने राम कार्कीले निर्णायकको भूमिका खेलेका थिए ।

LEAVE A REPLY