काठमाडौं, असोज २३ l राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा जाने भएको छ  । प्रधानमन्त्री शेरबहादुर देउवा राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री दिन तयार हुनु भएको छ ।

राप्रपाले अरु थप ३ मन्त्रालय पनि मागेको छ । थापाले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय पाउने समति भए पनि अरु मन्त्रीले कुन कुन मन्त्रालय पाउने भन्ने बारेमा टुंगो नलागेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएर मंसिरमा हुने  प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लड्ने सहमति पनि भइसकेको छ । आफूहरुले प्रतिनिधिसभामा १५ स्थान र प्रदेशसभामा ३० सिट मागेको र यसमा पनि सहमति हुन बाँकी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपा सरकारमा आउने भएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई हटाउने योजना बनाउनुभएको छ ।

  • unn.com.np

LEAVE A REPLY