काठमाडौ, वैशाख ३१ – राप्रपा अध्यक्ष कमल थापाले मकवानपुरको हेटौडा उपमहानगरपालिकामा मतदान गर्नुभएको छ ।

 मतदान गरिसकेपछि पत्रकारसँग कुरा गर्दै उहाँले २० वर्षपछिको स्थानीय तहको चुनावमा मतदान गर्न पाउँदा आफू उत्साहित भएको बताउनुभयो । मतदान गर्न आएका मतदाता विहान ६ बजेदेखि नै लाइनमा बसेका छन् ।

 हेटौडामा अपाङ्गता भएका र बृद्धबृद्धालाई मतदान गर्न पहिलो प्राथमिकता दिइएको छ । लौरो टेकेका बृद्धबृद्धा र काखीमा बालबच्चा च्यापेका महिला पनि मतदानमा सहभागी भएका छन् ।

LEAVE A REPLY