काठमाडौं, भदौ १५ l राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना सहभागी भएकामा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् ।

कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने गत गत साउन २० गते नै प्रकाशन गरेको थियो ।

नेपाल टेलिकमका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने छन् । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/  बाट पनि नतिजा हेर्न सकिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

यसरी हेर्न सकिन्छ नतिजा

LEAVE A REPLY