वैशाख १९ – लिभरपुलले शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना बलियो बनाएको छ ।इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वाट्फोर्डलाई १–० ले हराएर लिभरपुलले च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो बनाएको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा एमरी क्यानले गरेको गोल नै निर्णायक बन्यो । उनले ओभरहेड किक मार्फत सुन्दर गोल गरेका हुन् ।जितपछि तेस्रो स्थानमा रहेको जर्गेन क्लोपको टिम लिभरपुलको लिगका तीन खेल बाँकी हुँदा ६९ अंक भएको छ । लिभरपुल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा तीन तथा पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा चार अंकले अघि । ३४ खेलबाट ४० अंक जोडेको वाट्फोर्ड १३ औं स्थानमा छ । 

LEAVE A REPLY