काठमाडौं, १४ चैत । चलचित्र ‘ड्रिम्स’बाट रजतपटमा पाइला चालेकी हुन् नायिका साम्राज्ञ्री राज्यलक्ष्मी शाहले । पहिलो चलचित्र अनमोल केसीसँग खेलेपछि उनी एकाएक चर्चामा आइन । अनमोलको क्रेजसँगै चलचित्रले पाएको सफलताको कारण उनको करियर उकालो लाग्यो । युवा पुस्ता माझ चर्चित रहेकी साम्राज्ञी यतिबेला महंगी नायिका भनेर पनि चिनिने गरिन्छ ।

उनी अभिनित दोस्रो चलचित्र ‘ ए मेरो हजुर २’को भर्खरै मात्र गीत सार्वजनिक भएको छ । जुन गीतले यतिबेला चर्चा पाइरहेको छ । साम्राज्ञीले हालै ‘तिमीसँग’ नामक चलचित्रको सुटिङ सकाएकी छिन् । यस्तै मंगलममा अतिथि भूमिका निर्वाह गरेकी शाह प्रायः सार्वजनिक कार्यक्रममा देखापर्दिनन् । देखा परेपनि उनी मिडियासँग खुल्न भने चाहँदिनन् ।

आइतबार काठमाडौँमा अभिनेत्रीको साथै ए मेरो हजुर २ की निर्देशक झरना थापाको जन्मदिनको अवसरमा एक कार्यक्रममा आयोजना गरिएको थियो । जन्मदिनकै अवसरमा ए मेरो हजुर २ को गीत तथा पहिलो पोस्टर सार्वजनिक गरियो । उक्त कार्यक्रममा आफ्नो आमासँग पुगेकी साम्राज्ञी सबैको आखाँमा परेकी थिइन् । चलचित्रमा बोल्ड अवतारमा देखापरेकी साम्राज्ञी कार्यक्रममा पनि बोल्ड अवतारमा नै प्रस्तुत भएकी थिइन् ।

via: medianp

 

 

 

 

LEAVE A REPLY